काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आज दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रियामा शान्ति प्रक्रियासँग सम्बन्धित अन्य राजनीतिक दल र विभिन्न सरोकारवाला पक्षलाई बोलाइएको छ ।
जनयुद्धकालिन घटनालाई नियमित अदालतमा लैजाने बहस चल्दै गर्दा सोही विषयको संक्रमणकालिन न्याय तथा सत्य निरुपण तथा मेलमिला आयोगमार्फत हुनुपर्नेमा माओवादी घटक दलहरुको जोड छ ।