आज :

नेपाली चलचित्रले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने समय आयोः संचारमन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुुभएको छ ।

नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिनुुभएको हो ।

‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो’– उहाँले भन्नुुभयो– ‘तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनुु आवश्यक छ ।’

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नलायक बनाउन चलचित्रकर्मीहरुलाई लाग्न आग्रह गर्दै उहाँले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायको रुपमा रुपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उहाँले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपायहरु केन्द्रिकृत गर्न आग्रह गर्नुभयो ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताउनुुभयो । अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उहाँले जतिसक्यो चाँडो मन्त्रालयबाट टुंग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक सामाजिक परिवर्तनका सन्देश प्रवाह गर्ने माध्यमको रुपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुुभयो । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रभावको माध्यम पनि हो’– मन्त्री शर्माले भन्नुुभयो– ‘त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तुु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनुु आवश्यक छ ।’

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो । संघले मन्त्री शर्मालाई पनि सम्मान गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal