काठमाडौँ – वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्राको तेश्रो दिन शुक्रबार महिला समुहले रथ तानेका छन् । रथजात्रा हुने अन्तिम बिन्दु लग: टोलमा लग: खल:को ब्यबस्थापनमा इतिहासमै पहिलो पटक मच्छेन्द्र नाथको रथ तान्नेमा महिला सहभागी भएका हुन् ।
जनबहालबाट बुधबार तीनधारा पाठशालासम्म सेतो मच्छिन्द्रनाथको खट यात्रा गरि प्रतिस्थापन गराइएपछि सुरु भएको रथजात्रा आज अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
र, रथबाट ओराली खटमा बोकेर मच्छिन्द्र बहालमै फकाईएपछि यो वर्षको जात्रा सम्पन्न हुने गर्दछ ।