काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका स्वर्णिम वाग्लेलाई रिव लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छ ।
गतिलो उम्मेदवारको खोजीमा रहेकका लामिछानेले वाग्लेलाई तनहुँ क्षेत्र नम्बर १ काे उम्मेदवारी बनाउने निर्णय गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणालाई धारे हान्दै विहीबार दिउँसो काँग्रेस छोडेको घोषणा गरेका वाग्लेले साँझ टिकट पाएका हुन् ।
वाग्लेले सभापति देउवालगातका केही व्यक्तिहरुले आफूमाथि अपमान गरेपछि काँग्रेस छोड्न बाध्य भएको सामाजिक संजालमा उल्लेख गरेका थिए । काँग्रेसले उपनिर्वाचनमा गोविन्द्र भट्टराईलाई उम्मेदवार बनाउने निर्णयबाट असन्तुष्ट वाग्लेले अब रास्वपाबाट चुनाव लड्ने पक्का भएको छ ।
बैशाख १० गते हुन लागेको उपचुनावमा नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । एमालेले औपचारिक निर्णय गर्न बाँकी रहेको छ ।
वाग्लेलाई रोक्न काँग्रेस महामन्त्री गगन थापाले पहल गरेका थिए । तर सकेनन् ।


अनलाइन डबली





