काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमालेले विपक्षमा मतदान गरेको छ । एमालेले विपक्षमा उभिएपनि जम्कट्टेलको पक्षमा ६७ जना र विपक्षमा १७ जना सांसदले हसक्षर गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वास मत लिने प्रस्ताव पेश गरिएको थियो । प्रदेशसभा बैठकमा ९१ जना सांसदहरु थिए । ७ जना सांसदले पक्ष वा विपक्ष कतै पनि मत हालेनन् ।
मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका छन् । त्यस्तै, नेकपा एमाले सरकारबाट बाहिरिएको छ ।
यसअघि माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थन गरेका थिए ।