काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने भएको हो ।
यादवले यही चैत ३ गते भएकाे उपराष्ट्रपति चुनावमा ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ।