आज :

उपराष्ट्रपति निर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन 

  • अनलाइन डबली

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । शनिबार भएको उम्मेदवारी दर्ताविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

आयोगले महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको थियो । तर, गठबन्धनबाट जसपाले रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् । त्यसविरुद्ध गठबन्धनकै अर्को जनमतले पनि विरोध जनाएको छ । गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपति मागेको रेशम चौधरीको पार्टीले भने अन्तिममा आएर उम्मेदवारी दर्ता गरेन । जसपाले यादवको उम्मेदवारी खारेज भएमा भन्दै प्रमीला यादवको पनि उम्मेदवारी दर्ता गराएको छ । नेताहरुले नौ दलीय गठबन्धनमा सहमति गरेरै तीनवटा उम्मेदवारी परेको सिके राउतले बताएका छन् ।

त्यसैगरी सिके राउतको पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ ।

नेकपा एमालेले नेतृ अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ पराजित भएका थिए । उपराष्ट्रपतिमा पनि गठबन्धनमा फाँटो आएन भने एमालेले हार्ने देखिएको छ ।

गठबन्धनमा अन्तिमा एकै उम्मेदवार बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal