आज :

आज उपराष्ट्रपतिको उम्मेदवारी दर्ताः उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा

  • अनलाइन डबली

काठमाडौँ । उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गर्न कार्यतालिका रहेको छ । दलहरु उम्मेदवारको टुंगो लगाउन विहानैबाट छलफलमा जुटेका छन् ।

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने लागेको हो ।

बैठकले उपराष्ट्रपतिको उम्मेदवारीसँगै राष्ट्रपति चुनावको समिक्षा समेत गर्ने समेत बताइएको छ । एमालेले उपराष्ट्रपतिमा महिलालाई उम्मेदवार बनाउने भनेपनि नामको टुंगो लागेको छैन ।

निर्वाचन आयोगले आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

गठबन्धन दलको पनि बैठक बस्दैछ । विहान बस्न लागेको बैठकले साँझा उम्मेदवार बनाउने बताइएको छ ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएपछि दलहरुबीच थप छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal