आज :

माओवादी घटक पार्टीहरुको बैठक बालुवाटारमा 

  • अनलाइन डबली

काठमाडौं । माओवादी घटक पार्टीहरुको बैठक आजा पनि बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा सुरु हुँदैछ । पहिलो बैठक बसेर संयुक्त विज्ञप्ति निकालेका माओवादी नेताहरुले दोस्रो अर्थात आजको बैठकबाट थप कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालिन मुद्दाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी नेताहरु एक ठाउँमा उभिएका हुन् ।

उनीहरुले जनयुद्धकालिन मुद्धा अदालतमा ल्याउनु भनेको शान्ति प्रक्रिया विथोल्ने र सिंगो माओवादी आन्दोलनसँगै व्यवस्था विरुद्धको षड्यन्त्र भएको बताएका छन् ।

बालुटारमा बसेको माओवादी पार्टीहरुको बैठक सकिएको छ । शुक्रबार विहान प्रधानमन्त्री निवासमा सम्पन्न बैठकले जनयुद्धकालिन मुद्धा अगाडि ल्याएर माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजिएको भन्दै त्यसविरुद्ध एकजुट भएर शसक्त प्रतिवाद गर्ने सहमति भएको छ ।

आजको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए।

पहिलो चरणका कार्यक्रम अन्तरगत  २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ।

त्यसैगरी अर्को बैठकले प्रदर्शनका कार्यक्रम तय गर्ने सहमति भएको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले जानकारी दिए ।

“सबै कुरा अस्तीको बैठकमा छलफल भइसकेको थियो, आज प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमको ब्रिफिङ गर्नुभयो । २८ गते संयुक्त रुपमा पत्रकार सम्मेलन र ३० गते वृहत अन्तरक्रिया कार्यक्रम गर्ने आजको बैठकले निर्णय गरेको छ । देशभर जनप्रदर्शन अर्को बैठकले निर्णय गर्ने पनि सहमति भएको छ” सुशीलले भने ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा (बहुमत) का नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, नेताहरू कृष्णबहादुर महरा, देव गुरूङ, जनार्दन शर्मा “प्रभाकर”, देवेन्द्र पौडेल, खड्कबहादुर विक “प्रकाण्ड”, कर्णजीत बुढाथोकी लगायत उपस्थित थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal