आज :

राष्ट्रपति चुनावः मतदान सुरु, नतिजा आजै

  • अनलाइन डबली

काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ ।
नयाँ राष्ट्रपतिको लागि सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मत गणना सुरु गर्ने जनाएको छ । आयोगका अनुसार ढिलोमा आज राति ८ बजेसम्म अन्तिम नतिजा सार्वजनिक गरिनेछ ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal