आज :

आजबाट राष्ट्रपति र उपराष्ट्रपति चुनावको आचारसंहिता लागू, यी व्यक्तिले आचारसंहिता पालना गर्नुपर्नेछ

  • अनलाइन डबली

काठमाडौं । आजबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले आचारसंहित चैत्र ५ गतेसम्मै लागू हुने जानकारी दिएका छन् ।

राष्ट्रपतिको फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेको छ । आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा उत्रिएका छन् ।

उपराष्ट्रपतिको उम्मेदवारी दर्ताको प्रक्रिया राष्ट्रपति चुनावपछि मात्रै सुरु हुनेछ ।

आयोगका प्रवक्ता शर्माका अनुसार संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहेको छ ।

आचारसंहिता लाग्ने व्यक्तिहरुः

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,

(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,

(ग) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,

(घ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,

(ङ) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,

(च) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,

(छ) उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि,

(ज) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,

(झ) सार्वजनिक पद धारण गरेको व्यक्ति,

(ञ) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,

(ट) मतदाता

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal