आज : २०८२ बैशाख, ०२

फागु पर्व सुरु , ठड्याइयो चिर

  • बुद्धशरण शाही
  • २०७९ फाल्गुन १५ गते   बिहान ११:३५ बजे

काठमाण्डाै । फागु पर्वको संकेतको रुपमा काठमाण्डौको वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ ।

वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारको गद्दी बैठक आगाडी  आज विधिवत तीनतले रंगी बिरंगी द्व्जा पटका सहितको चीर ठड्याएसँगै देशभर यसपालिकाे फागु अर्थात् फागु पर्व सुरु भएको छ ।

आज बिहान ७ बजेर ४५ मिनेटकाे साइतमा मानन्धर समुदायको धलासिको गुठिले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर फागु पर्व सुरु भएको संकेत दिदै एकापसमा अबिर छ्यापा छ्याप गरेका छन्  ।यसै गरि  पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याउने परम्परा  रहिआएको छ  ।

किम्बदन्तीमा उल्लेख भए अनुसार काठमाडौँ थबैहि: ( थबैल )का ब्यापारी सिंह सार्थहाहु र  अन्य ७ सय व्यापारीका साथ ल्हासामा ब्यापार गर्न जादा बाटोमा डंकिनीहरुको चुन्गल्मा परेछन् । राति बस बसेको स्थानमा एक एक गरि साथीहरु सबैलाइ तिनै डंकिनीहरुले खैदिएको सुइँको पाएका पछी सिंह सार्थ बाहु करुणामयको प्रताले सकुसल डंकिनीको पन्जा बात मुक्त भएर सकुशल नेपाल मण्डल फर्किन सकेको खुसियालीमा सबै जातजातिको प्रतिनिधित्वको रुपमा रंगी बिरंगी द्व्जा पटका सहितको बसन्तपुरमा चीर ठड्याउने गरेको भनाइ रहेको पाइन्छ ।

यस वर्षको फागु पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा भने होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal