आज :

राष्ट्रपति पदकाे लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति पदको लागि नयाँ गठबन्धनबाट नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् । शुक्रबार भएको बैठकमा राष्ट्रपति पद नेपाली काँग्रेसलाई दिने आठ दलबीच सहमति भएको थियो ।

आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैबीच नेकपा एमालेले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । अब राष्ट्रपतिको लागि पौडेल र निम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

पौडेललाई आठ दल र निम्वाङलाई एमालेसहितका दलहरुका समर्थन रहने भएको छ ।

नयाँ गठबन्धनमा आठ दलको सुविधाजनक बहुमत भएकोले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै रहेको छ ।
गठबन्धनमा ३१ हजार बढी मतभार रहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal