काठमाडौं । भोली (बिहिबार) बाट सुनसरी उधोग बाणिज्य संघ , सुनसरीको आयोजनामा हुन लागेको ‘धरान एक्स्पो’ धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने भएको छ।
उक्त कार्यक्रम फागुन २० सम्म चल्नेछ । १० दिन चल्ने ‘धरान एक्स्पो २०७९’ मा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरुको प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरु संगै हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताए।
उद्घाटनको दिन साँझ अहिलेको युवापुस्ताका चर्चित गायक समिर श्रेष्ठको विशेष प्रस्तुति रहनेछ। उनका गीत ‘थाम न हात मेरो’, ‘हेरन’, ‘चार दिवार’ , ‘टीकाजमरा’, ‘मायालु सुनन’, ‘कुरी बस्छौ’, ‘आँशुले मुहार धुदैछ’, ‘बुझी देउ’, ‘मेरो मनमा’, ‘मनका कुरा’, ‘सम्झना छ’ लगायतका थुप्रै चर्चित गीतहरु युवाहरुमाझ निक्कै नै चर्चित रहेको छ।
एक्लै प्रस्तुति दिदै आएका गायक समिर श्रेष्ठले यसपाली आफ्नो ब्याण्ड क्रिसेंट्स का ६ जना ब्याण्ड मेम्बरका साथ पहिलो पल्ट लाइभ प्रस्तुति दिदैछन। एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ्ग लामाको प्रस्तुति रहनेछ।


अनलाइन डबली


