काठमाडौं । आज ७३ औं प्रजातन्त्र दिवस टुँडिखेलमा विशेष समारोह आयोजना गरी भब्य रुपमा मनाइएको छ । २००७ साल फागुन ७ गते देखि मनाउँदै आएको प्रजातन्त्र दिवस हरेक वर्ष यसै दिन मनाउने गरिन्छ ।
टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताएका थिए ।
उक्त समारोहलाई उल्लासमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरेका थिए ।


अनलाइन डबली


