आज :

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी गर्न प्रचण्ड बालकोट पुगेका हुन्। सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन ।

बिहिबार (हिजो) मात्र राष्ट्रपतिको उम्मेदवारलाई लिएर प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो तर, दुई नेताबीचको कुराकानीको टुङ्गो लागेको थिएन ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने अडानमा देखिन्छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति सम्भव नभएकोले माओवादीले एमालेले उठाउने राष्ट्रपतिको सहमति जनाउनुपर्ने कुरामा अडिक रहेको स्रोतले बताएको छ ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। निर्वाचन आयोगले २५ गते राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal