काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति रचनात्मक तथा खेलकुद बिभागको आयोजनामा २८ औं जनयुद्ध दिवस मनाएको छ । सोमबार त्रिचन्द्र क्याम्पसमा सो अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भयको बताईन । प्राप्त उपलब्धिको रक्षा गर्न विद्यार्थी आन्दोलनले निर्णयक भुमिका निर्बाह गर्नु पर्ने बताउँदै, जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सरकारले जनयुद्धप्रति न्याय गरेको धारणा राखिन् ।

सहिद,वेपत्ता,घाइते अपाङ्गता भएकालाई आजको सार्वजनिक विदाले उच्च सम्मान व्यक्त गरेको धारणा राखिन् । माओवादीको एजेन्डामा देश सर्वसम्मत रुपमा अगाडि बढेको भनाइ व्यक्त गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेत्रित्वमा राष्ट्रिय सहमतिको राजनिति अगाडि बढेकोसमेत अध्यक्ष सिंहल बताइन् ।

जनयुद्धजनयुद्धको परिवर्तनलाई सरकारले एउटा अंशको रुपमा राख्न खोजेको भन्दै त्यस अनुसार जोजो जहाँ छां,ै त्यस ठाउँबाट सम्पूर्ण कार्यकर्ता माथि उठ्न पर्नेमा जोड दिइन् । जनयुद्धको अबसरमा आयोजित रक्तदान कार्यक्रम ५ दर्जन बढीले रक्तदान गरेका थिए ।
सो कार्यक्रमको अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय कमिटी उपाध्यक्ष एबम् रचनात्मक तथा खेलकुद बिभाग प्रमुख मदन भुलको अध्यक्षता भयको कार्यक्रममा भएको कार्यक्रमको संचालन केन्द्रीय सचिव प्रभाकर गुप्ताले गरेका थिए ।





