आज :

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको संयुक्त बैठकमा बिदाई सम्बोधन गर्दै 

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिदाई सम्बोधन गर्ने तयारी भइरहेको छ । त्यसको लागि अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दुबै संसदको संयुक्त बैठक आह्वान गरिएको छ ।

राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए।

दुई कार्यकाल सकेर बिदाईको पूर्वसन्ध्यामा भण्डारीले बिदाई सम्बोधन गर्न लागेकी हुन् । यो उनको अन्तिम सम्बोधन हुनेछ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

भण्डारी नेपाल गणतन्त्र स्थापनापछिको दोस्रो र प्रथम राष्ट्रपति हुन् ।

दुई कार्यकालको जिम्मेवारी सम्हालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रि भोजको समेत आह्वान  गरिसकेकी छन ।

उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal