आज :

टर्की-सिरिया भूकम्पः मृतकको संख्या ४० हजार पुग्न सक्छ, उद्दार कार्य जारी 

  • अनलाइन डबली

काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा सँगसँगै गएका दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सख्या करिब ६ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । तर अधिकारीहरुले अहिलेसम्म मृतकको संख्या पाँच हजार नाघेको बताएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मृतकको संख्या अहिलेको भन्दा ८ गुणा बढ्न सक्ने जनाएको छ । उसले अहिले भूकम्प प्रभावित क्षेत्रको अवस्था छ त्यसले मृतकको संख्या ८ गुणा बढ्न सक्ने बताको छ ।

पहिलो भूकम्प ७.८ रेक्टर स्केल मापन गरिएको थियो भने १२ घण्टापछि आएको अर्को भूकम्प ७.५ रेक्टर स्केल मापन गरिएको थियो ।

बीबीसीका अनुसार उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवित रहेकाहरूको खोजी गरिरहेका छन्। विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो। यो टर्कीको हालसम्मकै ठूलो भूकम्प भएको अधिकारीहरुले बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।

पहिलो भूकम्पले सक्रिय तुल्याएको भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काह्रमानमराश प्रान्तको एल्बिस्तान जिल्लामा थियो। त्यस क्षेत्रभरी नै परकम्पहरू पटकपटक गइरहेका छन्। टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।

धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै देशका भूभागमा रहेका शिविरहरूमा आश्रित छन्। विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्।

ध्वस्त भएका भवनहरू मध्ये ‘गाजीयान्टेप कासल’ ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो।

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास पाइपलाइनमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्।

टर्कीका ऊर्जा मन्त्री फातिह डोएनमेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन्।टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्येको एकमा पर्दछ।

सन् १९९९ मा टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal