काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति जुटाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका सभापति केपी शर्मा ओलीलाई बालुवाटार बोलाएका छन् ।
सोमबार देउवा र ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले अगाडि सारेको सरकारलाई राष्ट्रिय सहमतिको रुप दिने र राष्ट्रपति चुनावमा पनि सहमति खोज्ने प्रस्तावामा तीन नेताबीच छलफल भइरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले काँग्रेस र एमालेलाई राष्ट्रिय सहमतिमा ल्याउने प्रयास जारी राखेका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रधानमन्त्रीले सहमतिमा जोड दिइरहेका छन् ।


अनलाइन डबली


