काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आइतबार वार्षिकाेत्सव मनाएको छ । सरकारी स्वमित्वको दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ ।
२०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानका रुपमा टेलिकमको जन्म भएपनि २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी दर्ता भएको हो । टेलिकमले कम्पनीले दर्ता भएको दिनलाइ नै आफ्नो स्थापना दिवसकारुपमा मनाउँदै आएको छ ।
मंसिर मसान्तसम्म टेलिकमका हाल २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । यस्तै, टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कूल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । हाल टेलिकममा फोरजी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् ।
टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।