आज :

राष्ट्रिसभा उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी नदिने, माओवादीकी उर्मिलाकाे जित निश्चित

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेकाे छ । निर्णय गरि नसकेपनि काँग्रेसले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन एक नेताले बताए ।

माओवादी केन्द्रले नेतृ उर्मिला अर्याललाई अगाडि सारेको छ । काँग्रेसले उम्मेदवारी नदिने र सत्तारूढ दलहरूबाट अर्याल साँझा उम्मेदवार हुने भएकाेले जित निश्चित जस्तै भएकाे छ । अन्य साना पार्टीले उम्मेदवारी नदिए उनी निर्विराेध निर्वाचित हुनेछन् ।

विहान बसेको काँग्रेसको संसदीय समिति बैठकले आफूले उम्मेदवारी नदिने र माओवादी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठकपछि प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal