काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । आज दिउँसो ३ बजेलाई बोलाइएको बैठक शनिवार १ बजे बस्नेगरी बैठक सरेको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ ।
बिहीबार ४ बले बोलाइएको स्थायी समिति बैठक औपचारिक एजेण्डामा प्रवेश नगरी आजसम्मलाई स्थगित भएको थियो । रवि लामिछानेको पार्टीले सरकारबाट बाहिरिने चेतावनी र सांसद अरुण चौधरीको पक्राउपछि उत्पन्न परिस्थितिका कारण विहीबार बैठक बस्न सकेको थिएन ।


अनलाइन डबली


