आज :

रवि लामिछाने मतदाता पनि रहेनन्, राहदानी विवादमा फौजदारी अभियोग लाग्ने

  • अनलाइन डबली

काठमाडौँ । नागरिकता विवादमा दोषी ठहर भएका रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने देखिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेको थियो । योसँगै उनको सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री पद गुमेको छ ।

सर्वोच्चको यो फैसलासँगै रवि मतदाता समेत नभएको बताइएको छ । जुन नागरिकताबाट मतदाता नामावलीमा नाम दर्ता गरिएको हो त्यो नै खारेज भएका कारण उनी मतदाता समेत नभएको कानुन व्यवसायीहरु बताउँछन् ।

नेपाल सरकारबाट मान्यता नपाएको नागरिकता प्रमाणपत्र पेश गरेर राहदानी लिएको रविविरुद्ध फौजदारी अभियोन लाग्न सक्ने भएको छ । नक्कली कागजात पेश गरेर राहदानी लिएको दाबी गरिएको छ ।

रिट निवेदकहरुले सर्वोच्चले उनको सांसद पदको हैसियत र वैधानिकतामाथि प्रश्न गर्दै सर्वोच्चमा दायर गरेका थिए । संवैधानिक इजलासले पनि निवेदकको माग अनुसार मात्रै सुनुवाई गरेको छ । अब उनीहरुमाथि नागरिकता दुरुपयोग गरेको, दोहोरो पासपोर्ट बोकेको आरोपमा मुद्दा चल्न बाँकी छ ।

प्रहरीले आवश्यक अनुसन्धान र छानबिनपछि जिल्ला अदालतमा कानुनी उपचारको निम्ति अघि बढाउने सम्भावना रहेको छ । निर्वाचित भएको चितवन २ मा उपचुनाव हुने निश्चित छ तर रवि उठ्न पाउने नपाउने भन्नेमा अन्यौलता नै रहेको छ ।

दोहोरो नागरिकता, राहदानी सम्बन्धी मुद्दा चले रविमाथि अनुसन्धान हुने निश्चित छ । यदि दोषी ठहर भए रवि कहिलै सार्वजनिक पदमा पुग्न सक्ने छैनन् । अब रविको पार्टीको भविश्यमाथि नै प्रश्न खडा भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal