
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा मत पाएका छन् ।
प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्रीको पक्षमा २५ र विपक्षमा १४ मत परेको थियो । प्रदेशसभामा ४० सदस्य छन् ।
नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १/१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।
प्रदेशसभामा शर्माले विश्वासको मत माग्ने क्रममा कर्णालीको सामाजिक, आर्थिक सूचकाङ्कमा सुधार ल्याउनेदेखि ‘समृद्धि कर्णाली’ बनाउनेसम्मका प्रतिबद्धता व्यक्ति गरेका थिए ।