काठमाडौं । मन्त्रिपरिषद्को बैंठक सुरु भएको छ । नयाँ मन्त्रीहरुको शपथपछिको पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्यविभाजन समेत भइसकेको छ ।








