काठमाडौँ । भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।
आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।त्यस्तै डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।
निगमले आईओसीलाई रकम करिब ११ अर्ब रुपैयाँ तिर्नुपर्ने बक्याैता र सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको बेला फेरि मूल्य बढेर आएको छ ।
निगम स्रोतले पेट्रोलको मूल्य बढेर आएपनि तत्काल मूल्यवृद्धि नगर्ने बताएको छ । पेट्रोलको मूल्य बढेपनि डिजेलको घटेर आएपछि यो बराबरी हुने बताइएको छ ।