
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णाता दिने तयारी गरेका छन् । आजै विहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका प्रचण्डले सरकारमा सहभागी हुने दलहरुबाट सहभागी हुने दलहरुबाट मन्त्रीको नाम समेत मागेका छन् ।
मन्त्रिपरिषद् बिस्तार पहिले आजै उच्चस्तरीय संयन्त्रको बैठक पनि बोलाइएको छ । साँझ ५ बजे संयन्त्रको बैठक बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनले सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँडको मोटामोटी सहमति भएको बताइएको छ । एमालेले ८, माओवादीले ४, रविको पार्टीले ३, राप्रपाले ३ र जनमतले २, लोसपा र नागरिक उन्मुक्तिलाई एक एक मन्त्रालय दिने प्रचण्ड र ओलीबीच सहमति भएको छ ।