काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कुल १०७ सदस्यीय प्रदेशसभामा ५४ जनाको समर्थन आवश्यक थियो । यादवलाई ६३ सांसदको समर्थन गरेका छन् । यादवले पुस २९ गते शपथ लिने भएका छन् । प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ (२) बाट निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्। गठबन्धनमा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति भएको थियो ।