
काठमाडौं । आज पनि तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैबाट लागेको बोक्लो हुस्सु रातिसम्म रहनेछ ।
महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भइरहेको र तराईमा हुस्सु नहटेको बताउँदै यात्रा गर्दा विशेष साबधानी अपनाउन आग्रह गरेको छ ।
त्यस्तै, हुस्सुसँगै तराईम चिसो बढेकोले बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् ।
आज पहाडी क्षेत्रका केही स्थानको मौसम बदली हुने र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको बताइएको छ ।