
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । विहीबार प्रमुख तिलक परियारले यही पुस २७ गते ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका हुन् ।
कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।
कर्णाली प्रदेशसभामा ४० सांसद छन् । कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक(एक रहेका छन्।
सरकार गठनका लागि २१ सांसद आवश्यक पर्छ । केन्द्रमा बनेको नयाँ समिकरण अनुसार कर्णाली प्रदेशमा सरकार बन्ने भनिएपनि अहिलेसम्म कुनकुन दल मिलेर सरकार बनाउने भन्नेमा संकेत देखा परेको छैन । कर्णालीमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिल्दा पनि सरकार बन्छ ।