काठमाडौं । पाेर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बढी पारिश्रमिकै कारण आफ्नो देशको क्लब परित्याग गरेका छन् । पोर्चुगलमा नाम र पैसाको कमी नभएपनि त्यो भन्दा बढीको लोभमा रोनाल्डो आफ्नो देशको राष्ट्रिय टीमबाट विदा लिएर साउद क्लब रोजे ।
साउदी अरेबियाको क्लब अल नासरले सन् २०२५ सम्मका लागि सम्झौता गरेको छ । अब रोनाल्डोले साउदी अरेबियाको लागि खेल्नेछन् ।
राष्ट्रिय क्लबले विश्व चर्चित बनाएको राेनाल्डोले म्यान्चेस्टर यूनाइटेडसँगको सम्झौता रद्द गरेपछि फ्रि एनेन्टका रुपमा रहेका थिए ।
अब रोनाल्डोलाई साउदीले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक प्रतिवर्ष १७७ मिलियन पाउण्ड दिनेछ । ३७ वर्षीय रोनाल्डोले अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूले अब एसियामा मेरो अनुभव बाँड्ने समेत बताए ।
नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले याे ट्रान्स्फरले इतिहार बनाएकाे र आगामी भविष्यमा यस्ले साउदीको लिग, राष्ट्र र भावि पुस्तालाई आफैमा उत्कृष्ट हुन प्रेरित गर्ने क्लबले बताएको छ ।
यसअघि नै साउदीको टिम अल हिलालले गरेकाे ३०५ मिलियन पाउन्ड दिने बताएको थियो । तर रोनाल्डोले त्यसलाई अस्वीकार गर्दै आफू युनाइटेडबाटै खेल्ने बताएका थिए । अहिले त्यसको आधा रकममै सम्झौतामा हस्ताक्षर गरेका छन् ।