
काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई पत्र बोकेर श्रीवास्तव शुक्रबार दिउँसो बालुवाटार पुगेका हुन् ।
भेटमा मोदीको सन्देश र नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।
हिजो मात्रै अमेरिकी राजदूतले पनि प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए ।