आज :

प्रचण्डलाई भेट्न ओली बालुवाटारमा, न्यूनतम साझा कार्यक्रमबारे छलफल

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली प्रचण्डलाई भेट्न शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । सरकारको साझा न्यूनतम कार्यक्रम बनाउने समितिको संयोजक समेत रहेका ओली त्यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।

भेटमा न्यूनतम साझा कार्यक्रमसँगै मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ ।

विहीबार बसेको गठबन्धन दलको बैठकले ओलीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal