
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् । परिषद् अध्यक्ष अशोक राई र युवा नेता राजकिशोर यादवलाई पछि पार्दै बुधबार रामसहाय यादव दलको नेतामा चयन भएका हुन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिएका रामसहाय बारा २ बाट निर्वाचित यादव निर्वाचित भएका हुन् । संसदीय दलको नेतामा निर्वाचित यादव जसपा महासचिव समेत हुन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।