
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक र नेपाल सरकारको ४४ औं प्रधानमन्त्री नियुक्त भएको आफूहरु खुशी भएको बताउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेलगत्तै कुँवरले बधाई दिँदै कुँवरले सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउने समेत अपेक्षा गरेको बताएका छन् ।
त्यस्तै, एनआरएनएले उठाउँदै आएका मुद्धाको सम्बोधन तथा नागरिकता सम्बन्धी विषय संसदबाट छिटै निकास पाउने विश्वास समेत कुँवरले व्यक्त गरेका छन् ।
“नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री भएको हुनुभएकोमा गैर आवसीय नेपाली संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । तपाईँको नेतृत्वको सरकारले सम्पूर्ण गैरआवासीय नेपालीहरुको मुद्दाको उचित सम्बोधन गर्ने छ र गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धि विषयले पनि संसदबाट छिट्टै निकास निकाल्नेछ । विश्वभर फैलिएर रहेका गैरआवसिय नेपालीहरुको हकहितका लागि गैरआवासीय नेपाली संघ तपाईँको नेतृत्वको सरकार सङ्ग सहकार्य गर्न तत्पर रहेको जानकारी समेत गराउन चाहान्छु” शुभकामना भनिएको छ ।