Skip
आज :

शिर्ष नेताहरू छलफलमा, राष्ट्रपति, प्रधानमन्त्रीसहित प्याकेजमै सहमतिको प्रयास

  • अनलाइन डबली

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरु आजपनि छलफलमा जुट्दैछन् । विहीबारदेखि शिर्ष नेताहरू औपचारिक रूपमा नयाँ सरकार गठबनबारे  छलफलमा जुटेका हुन् । विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भिक छलफल भएको थियो । छलफल आज पनि जारी रहने नेताहरूले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसलगत्तै अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि पुगेका थिए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न सहयोग गर्न आग्रह गरेको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनमा काँग्रेसले नेतृत्व गरिसकेको बताउँदै अब प्रचण्डको नेतृत्वमा सरकार बन्दा उपयुक्त हुने बताएको स्रोतको दाबी छ ।

छलफलमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफू सकारात्मक भएपनि पार्टी र गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए । छलफलमा काँग्रेस नेताहरु पूर्णबहादुर खड्का, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए ।

आज पनि नेताहरु छलफलमा जुट्ने भएका छन् । एक नेताका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रदेश सरकारबारे पनि प्याकेजमै सहमति गर्ने तयारी भइरहेको छ ।

प्रचण्डले संसदीय दलको नेतामा चयन भएपछि विहीबार पहिलो पटक औपचारिक रुपमा सरकारबारे आफ्नो धारणा राखेका छन् । काँग्रेसमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्नेमा नेताहरुले जोड दिइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal