Skip
आज :

माओवादी केन्द्रले भन्यो- एमालेमा प्रवेश गरेका रामहादुर बिक कारवाहीमा परेका थिए

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अछामले नेकपा (एमाले)मा प्रवेश गरेका राबहादुर बिकलाई पार्टीबाट निस्कासन गरिसकेको बताएको छ । जिल्ला संयोजक रविन्द्र साउदले विहीबार विज्ञप्ति जारी गरेर चुनावको बेला गठबन्धन तथा पार्टीका उम्मेदवारीलाई हराउन लागेकोले पार्टीबाट निस्कासन गरिसकेको बताएको छन् ।

चुनावमा बिक गठबन्धन विरोधी क्रियाकलाममा सहभागी भएर विपक्षी उम्मेदवारलाई सहयोग गरेको प्रमाणसहित पार्टीको पञ्चदेवल विनायक नगर कमिटीले कारवाहीको सिफारिस गरेको र सोही अनुसार साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“पार्टीका प्रवेश कमिटी सदस्य रहेका रामबहादुर बिक गठबन्धन विरोधी क्रियाकलापमा सहभागी हुँदै विपक्ष उम्मेदवारलाई सहयोग पुग्ने गतिविधिमा संलग्न भएको सूचना बमोजिम पार्टीले सजग गराउँदा समेत रुपान्तरण नभएको र गैरजिम्मेवारी क्रियाकलापमा संलग्न भएको थिए । चुनाव सम्पन्न भएपश्चात पञ्चदेवल विनायक नगर कमिटीको चुनावको समिक्षा बैठकले निज बिक पार्टी विरोधी गतिविधि गरेको प्रमाणसहित कारवाहीको लागि सिफारिस भई आएको निर्णय बमोजिम प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी पाटीृबाट निस्काशन गरेको थियो । तर, आज नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको सामाजिक संजालमार्फत खबर सुन्दा दया लागेको छ” संयोजक साउदले जारी गरेको विज्ञप्तिमा भनिएो छ ।

माओवादी क्षणिक अबसरका लागि पार्टीमा प्रभाव जमाउन खोज्ने र आफ्नो जस्तो नभए पार्टीलाई सराप्ने अबसरवादी प्रवृतिबाट ग्रस्त रहेको माओवादीले जनाएको छ । यस्तो प्रवृतिको भण्डाफोर गर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन समेत संयोजक साउदले दिएका छन् ।

चुनावमा बिकले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन एमालेको पैसा गाउँगाउँ बाँडेको समेत आरोप छ । चुनावकै बीचमा श्रीमति दुर्गा बिकलाई एमालेको शिर्ष नेताहरुलाई भेट्न काठमाडौँ पठाएका थिए भने आफू एमालेसँग गोप्य बैठक गरेर पैसा बाड्न व्यस्त रहेको माओवादीका स्थानीय नेताहरु बताउँछन् ।

स्थानीय चुनावमा पराजित बिकले एमालेलाई जिताउछु भन्दै जिम्मा लिएको आरोप जिल्लामा लागेको छ । उनले जिल्ला बाहिरबाट मतदाता ल्याउने भन्दै एमाले उम्मेदवारसँग पैसा लिएका थिए । पार्टीका प्रदेसभा सदस्य उम्मेदवार अक्कलबहादुर रावललाई भाेट नदिनु भन्दै विनायक पञ्चदेवल नगरपालिकामा काँग्रेसका एक नेतालाई पैसा दिएको प्रमाण सुरक्षित रहेको बताइएको छ ।

बिकले केही दिन पहिले मात्रै नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रमा प्रवेश गरेकी श्रीमति बिकले पनि आज एमालेमा प्रवेश गरेकी छन् ।

विज्ञप्ति

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal