आज :

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा माओवादीको दाबी छः सांसद रावल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । साेमबार काठमाडाैंमा संवाद डबलीको कार्यक्रममा बोल्दै रावलले गठबन्धनका शिर्ष नेताहरुबीचको सहमति अनुसार संघ र प्रदेश सरकार नेतृत्वको टुंगो लाग्ने भएपनि सुदूरपश्चिमा आफ्नो पार्टीको दाबी रहेको रावलले बताए ।

अछाम क्षेत्र नं.२ काे प्रदेशसभा क बाट निर्वाचित रावलले गठबन्धनकै नेतृत्वमा सरकार बनाउन जनता रहेको बताउँदै त्यहीअनुसार शिर्ष नेताहरुबीच सहमति हुने विश्वास गरे । “जनताको जनमत गठबन्धनकै नेतृत्वमा संघ र प्रदेशमा सरकार बनाउ भन्ने छ । यो कुरा शिर्ष नेताहरुले महशुस गर्नुभएको छ र हामीले पनि गरेका छौं । सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन कै सरकार बन्छ” उपाध्यक्ष रावलले भने ।

माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष समेत रहेका रावलले सुदूरपश्चिम प्रदेशमा पाँच बर्षीय कार्यकालमा जनताको प्रत्यक्ष जीवनसँग जोडिएका केही काम अधुरै रहेका र त्यसको निरन्तरता र पूर्णताको लागि पनि सरकार नेतृत्व आफूहरुले गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै, माओवादीले अघि सारेका पात्र राष्ट्रिय व्यक्तित्व भएको कारण गठबन्धनका दलहरुसँग सहकार्य गर्दै परिणाममुखी काम गर्न सक्ने दाबी गरे ।

माओवादी केन्द्रले पार्टीका स्थायी समिति सदस्य खगराज भट्टलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।

विधि मान्ने र नमान्ने शक्तिहरुबीच संघ र प्रदेश चुनावमा गठबन्धन भएको र जनताले विधि मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएको बताए । “संविधान मिच्ने, देशमा अस्थिरता निम्ताउने र विधि र संविधानलाई मान्दै देशलाई समृद्धतिर लैजाने शक्तिहरुबीच चुनावी गठबन्धन भएको थियो । जनताले विधि र संविधान मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएका छन्” उनले भने । रावलले नेकपा एमालेको नेतृत्वमा बनेको चुनावी गठबन्धनलाई विधि र संविधान मिच्ने शक्ति भएको दाबी समेत गरे ।

त्यसैगरी आफ्नो पार्टीका अध्यक्ष प्रचण्डकै पहलमा प्रतिगमन परास्त भएको दाबी गर्दै रावलले अबको सरकार पनि प्रचण्डकै नेतृत्वमा हुनुपर्ने बताए । उनले भने, “केपी ओलीले संविधान विघटन गरी प्रतिगमी कदम उठाउँदा हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको पहलमा कमरेड माधव कुमार नेपालसहितका नेताहरु एक ठाउँमा आएकै कारण उक्त कदम सफल हुन सकेन, प्रचण्डकै सहयोगमा काँग्रेसको नेतृत्वमा सरकार बनेको हो, अब काँग्रेसले उदारता देखाउने पालो आएो छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal