आज :

आयोगमा बुझाएको समानुपातिक सांसदको नामावली सच्चाउने समय आजसम्म 

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सांसदको सूची आजसम्म सच्चाउन सक्ने बताएको छ । आयोगले यसअघि पेश गरेको नामावली सच्चाउन चाहने राजनीतिक दलहरुको लागि आज दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

दलहरुले आफूले पाएको समानुपातिक मतका आधारमा प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । सबै पार्टीले लामो छलफल गरेर आयोगमा नाम पेश गरेका भएपनि अन्तिम पटक सच्चाउन चाहेमा आजसम्म त्यो समय आयोगले दिएको हो ।

निर्वाचन आयोगले दलहरुले पाएको समानुपातिक मतका आधारमा सिट बाँडफाँड गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।

आज दलहरुलाई दिइएको नामवाली सच्चाउन समयपछि आयोगले नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने तयारी गर्नेछ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार जाँचबुझ सकिएपछि  आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।

अबको एक हप्ताभित्र आयोगले मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal