काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलसहित समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।
चर्को विरोधबीच एमालेले एकनाथ ढकाललाई पनि सामानुपातिक सांसद बनाएको छ । खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाहीलाई सांसद बनाएको छ ।
त्यसैगरी आदिवासी जनजातितर्फ पुरुषः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।
महिलाः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बालाई सांसद बनाएको छ ।
महिलातर्फः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराललाई पनि सांसद बनाएको छ ।
थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी ।
दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा
मधेशीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिमः सराज अहमद खान


अनलाइन डबली



