आज :

समानुपातिक सांसदको सूची बुझाउने समय आज ४ बजेसम्म, नेताहरु बिहानैबाट बैठकमा

  • अनलाइन डबली

काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची निर्वाचन आयोगमा पेस गर्ने आज अन्तिम दिन । आज दिउँसो ४ बजेभित्र पार्टीले पाएको संख्याका आधारमा सूची पठाउन आयोगले समय सीमा तोकेको थियो ।

मुख्या ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले आज विहानबाट बैठक बोलाएका छन् । त्यसैगरी जसपा र राप्रपाले पनि बैठक बोलाएका छन् । आकांक्षी धेरै भएकाले नेताहरुलाई अन्तिम टुंगो लगाउन समस्या भएको छ तर पनि आज अन्तिम दिन भएकोले जसरी पनि टुंगो लगाउनुपर्ने बाध्यता भने छ ।

अहिलेसम्म जनमत र नागरिक उन्मुक्ति पार्टी र रास्वपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।

दलहरुले पाएको मतको आधारमा आयोगले एमालेले प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

नेपाली काँग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक सांसदको अन्तिम सूची तयार गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूचीबारे छलफल गरिको थियो । आजको बैठकबाट अन्तिम सूची निर्वाचन आयोगलाई बुझाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal