काठमाडौँ । समानुपातिक पद्धतिबाट सांसद चयनको विषयलाई लिएर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा भाँडभैलो मच्चिएको छ । समानुपातिक मतका आधारमा पाएका १३ जना सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै धेरै नेता तथा उम्मेदवारले आपत्ति जनाएका छन् । रविले आफू खुशी सूचीमा तल रहेका उम्मेदवारलाई सांसद बनाइएको आरोप लागेको छ ।
बन्दसूचीमा नाम अगाडि भएर पनि चयन नगरिएका उम्मेदवारले पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् । धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापा लगायतका नेताहरु धर्नामा बसेका छन् । उनीहरुले समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिए अनुसार नै सांसदहरु चयन हुनुपर्ने उनीहरुको माग छ । उनले क्रम मिच्न नहुने समेत बताए ।
धर्नामा बसेका नेताहरुमा रविमा पनि पुरानै पार्टीका नेताहरुमा जस्तै प्रवृति देखा परेको आरोप समेत लगाएका छन् ।
रास्वपाले डा.ढाका कुमार श्रेष्ठ, (आदिवासी पुरूष) २. डोल प्रसाद अर्याल (खस आर्य पुरूष), ३. असिम साह (मुस्लिम पुरुष), ४. मनिष झा (मधेसी पुरूष), ५. इन्दिरा राना मगर (आदिवासी महिला), ६. सुमना श्रेष्ठ (आदिवासी महिला), ७. अशोक चौधरी (थारु पुरुष), ८. तपेश्वर यादव (मधेशी पुरुष), ९. गणेश कार्की (खस आर्य पुरुष), १०. दीपक बोहरा (खस आर्य पुरुष), ११. सन्तोष परियार (दलित पुरुष), १२. कल्पना रोक्का (दलित महिला), १३ . विनिता कठायत (पिछडिएको वर्ग महिला) लाई समानुपातिक सांसद बनाउन चयन गरेको छ ।
धर्नामा बसेका उम्मेदवारहरुले अनुसार आफूले मन परेका उम्मेदवारलाई क्रमसूची मिचेर सांसद बनाउन लागेको बताएका छन् । याे विराेधलाइ रविकाे पहिलाे गाँसमै ढुंगा लागेकाे अर्थमा हेरिएकाे छ ।


अनलाइन डबली



