आज :

समानुपातिक सिटको बाँडफाँडः एमाले पहिलो दल, कुन प्रदेशमा कसले कति सिट पाए ? 

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट बाँडफाँडको टुंगो लगाएको छ । निर्वाचन आयोगले बुधबार सिट बाँडफाँडको सङ्ख्या सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा गरी नेकपा एमाले सबैभन्दा धेरै सिट पाएको छ । एमालेले प्रतिनिधि सभामा ३४ सिट पाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी एमालेले १०४ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । दोस्रो नम्बरमा नेपाली कांग्रेस हुन पुगेको छ ।

काँग्रेसले प्रतिनिधिसभामा ३२ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँच/पाँच सिट पाएका छन् । प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट हुन्छ ।

प्रदेशसभामा पनि  यस्तै प्रदेश सभामा एमालेले सातै प्रदेशमा गरी ७० सिट जितेको छ । यस्तै कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७ तथा एकीकृत समाजवादी, जसपा र जनमतले नाै/नाै सिट पाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदुर किसान पार्टीले दुई तथा नेपाल सङ्घीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक/एक सिट पाएका छन् । प्रदेश सभातर्फ सात वटै प्रदेशमा गरी समानुपातिकतर्फ दुई सय २० सिट हुन्छ ।

सिट बाँडफाँडको अन्तिम सूची निर्वाचन आयोगले दलहरुलाई पठाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal