काठमाडौँ । संसद सचिवालयले महाभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आजै सर्वोच्च अदालत जाँदैछन् । संसदका सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र आजै दिएका छन् ।
जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् । यो पत्रसँगै जबराको निलम्बन हटेको छ ।
यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको बताउँदै आजै सर्वोच्च जाने बताएका छन् । उमेर हदका कारण अवकाश हुन मात्र ६ बाँकी रहँदा जबराविरुद्धको महाअभियोग निश्क्रिय भएको पत्र पाएका हुन् । जबराले यो बीचमा केही महत्वपूर्ण फैसला गर्न सक्ने अनुमान गरिएको छ ।


अनलाइन डबली



