आज :

यस्तो लफडा भएपछि बाजुरामा फेरी मतगणना रोकियो, अब के हुन्छ ?

  • अनलाइन डबली

बाजुरा। बाजुराको मतगणना फेरि रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।

यता स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच दुई हजार ४१८ को मतान्तर देखिएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal