आज :

स्याङ्जा २ ताजा अपडेट- धनराज गुरुङले लिए अग्रता, कति मतले पछि परिन पद्मा अर्याल ?

  • अनलाइन डबली

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतान्तरले पछि पारेका हुन् । कांग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छन् ।

उता सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् ।

जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहानसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ।

यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ।

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal