आज :

काठमाडौंमा घट्यो यस्तो घटना, २ जनाको मृत्यु, के छ प्रहरी ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक पुरूष मृत फेला परेका छन्। मंगलबार काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि अन्दाजी ५५ वर्षीय पुरूष मृत फेला परेका हुन्।

सडकमा बस्ने उनको हाल नाम, थर, वतन नखुलेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घटना शंकास्पद छैन।

उनको मृत्युको कारण भने खुलिसकेको छैन। चिसोका कारणले पनि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। त्यस्तै काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति टोखा नगरपालिका-६ ग्रिनल्यान्ड हरियाली बस्तीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल चालक नुवाकोट पंचकन्या गाउँपालिका-४ बस्ने २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार एक जनाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

उता सप्तरीमा एक जनाको ह’त्या भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको ह’त्या भएको हो।

उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ। ह’त्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए।

उनी सोमबारदेखि बेपत्ता थिए। राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए। मंगलबार पोखरीमा उनको शव फेला परेको थियो। ‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal