आज :

संगित लघु चलचित्र प्रर्दशनीमा लोक गायक रामकृष्ण दुवाल अभिनन्दन

  • पदम श्रेष्ठ

 मङ्सिर १२, काठमाडौँ । साङ्गीतिक पर्यटन प्रवद्र्वनको उद्देश्यले राजधानीमा १२ औं अन्तर्राष्ट्रिय लोक सङ्गीत चलचित्र महोत्सवको आयोजना गरिएको छ । नेपाली लोकबाजा सङ्ग्रहालय र सांस्कृतिक संस्थानद्वारा राजधानीमा आयोजना गरिएको चार दिने अन्तर्राष्ट्रिय लोक सङ्गीत चलचित्र महोत्सवमा नेपाल, भारत, अर्जेन्टीना, अमेरिका स्लोभाकिया, संयुक्त राज्य अमेरिका र क्यानडाका लोक सङ्गीतका ७ देशका दस लघु चलचित्रको प्रदर्शन गरियो । सो लोक संगीत प्रर्दशनीमा ख्याली प्रेमल बरिष्ठ लोक गायक कुमार बस्नेतद्धारा वरिष्ठ संगीत अनुसन्धानकर्ता रामकृष्ण दुवाललाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट अभिनन्दन गर्नुभयो । सो सभामा अमेरीकी डकुमेन्ट्रि निर्माता मार्क फर्गेटी२ ,डा. आशबहादुर तामाङ , योगेनमान गोर्खालीलगायतलाई मायाको चिनो थान्का नेपाली लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले प्रदान गर्नु भएको थियो । सो अबसरमा सङ्ग्रहालयका संस्थापक कडेंलले लोक सङ्गीतको संरक्षणमा उक्त देशले गर्देै आएको अभ्यास, प्रयासलाई लघु चलचित्रको रूपमा छायाङ्कन गरिएको सामग्रीलाई महोत्सवमा प्रदर्शन भइरहेको जानकारी दिनुभयो ।
महोत्सवको पहिलो दिन शुक्रवार त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा दिवंगत हुनुभएका लोक सङ्गीतकर्मीको स्मृतिमा दीप प्रज्वलन गरेर सुरू भएको हो ।

उहाँले दोस्रो दिन शनिवार महोत्सवका लागि छनौट भएका लोक सङ्गीतको लघु चलचित्र प्रदर्शन गरिएको छ भने महोत्सवका लागि नेपाल आउनुभएका विदेशी पाहुनालाई नेपालका साङ्गीतिक सम्पदा स्थलको भ्रमण गराइने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal