आज :

रुकुम पश्चिममा प्रभाकरको सुरुवातमै फराकिलो अग्रता, यी हुन् माओवादीले अग्रता लिएका क्षेत्र 

  • अनलाइन डबली

काठमाडौ‌ं । आज विहानबाट मत गणना सुरु भएको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवातमै फराकिलो अग्रता लिएका छन् । प्रारम्भिक परिणाम अनुसार कुल ७३७ मत गणना गर्दा प्रभाकरले ३५९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।

अहिलेसम्म मा‌ओवादी केन्द्रले अनुमान लगाएभन्दा निकै कम स्थानमा अग्रता लिएको छ । उपत्यकामा अग्रता लिन नसकेको माओवादीले अहिलेसम्म १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना भइरहेको छ । जसमा १४ सिटमा अग्रता लिएका थिए । तर दुई स्थानमा फेरि पछि परेका छन् । गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ नेता पछि परेका छन् ।

रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । यहाँ एमाले उम्मेदवार कैलाश कुमार मल्लले ४६८ मत ल्याएर पछ्याइरहेका छन् । सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र राय यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतो ८४२ मत प्राप्त गरेका छन् ।

शिक्षामन्त्री समेत रहेका मा माओवादी नेता देवेन्द्र पौडेलले बाग्लुङ २ मा ४ हजार ८३९ मतसहित अग्रता लिएका छन् । पौडेललाई एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ पछ्याइरहेकी छन् । सिन्धुली – २ माओवादी केन्द्रका लेखनाथ दाहाल ४ सय ५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २२४ पाएका छन् । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई १ हजार ४३१ मत ल्याएर अगाडि छन् । एमालेका विशाल भट्टराई १ हजार ३६१ मत ल्याएर पछ्याइरहेका छन् ।

भोजपुरमा पनि माओवादीका सुदन किरातीले अग्रता बनाएका छन् । किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार लझ्मी महतो कोइरी १ हजार ६९७ मत पछ्याइरहेका छन् ।

मोरङ– ४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिएका छन् । उनले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाएका छन् । रोल्पामा पनि माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मतका साथ पछ्याइरहेका छन् ।

दाङ– २ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहेका छन् । गोरखा– २ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निकै फराकिलो मतान्तरले अगाडि छन् । प्रचण्डले ३ हजार ७८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत पाएका छन् ।

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । उनले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहेका छन् । रुकुम पश्चिममा जनार्दन शर्मा र सुनसरी १ बाट मुक्सामहाङ सुब्बाले पनि अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal